राजनीति

माघ १२ गते प्रतिनिधिसभाका सभामुखको निर्वाचन

चार महिनादेखि रिक्त रहेको प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते चुनाव गर्ने सहमति जुटेको हो ।

दलहरुको सहमति अनुसार संसद सचिवालय बसेर कार्यतालिका बनाउँदैछ । निर्वाचनको कार्यतालिकाबारे आजै बस्ने संसदको अर्को बैठकमा औपचारिक जानकारी गराइनेछ ।

उपसभामुख डा शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले यो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालय स्रोतले जनाएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा घोषणा गरेसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सभामुख पदमा उम्मेदवारी दिने बाटो खुलेको छ । नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.