राजनीति

भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)

भारतमै निर्माण गरिएको कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेको भारतले नेपाललाई १० लाख डोज खोप अनुदान दिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा भएको सहमति अनुसार सो खोप आउन लागेको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सो कुराको जानकारी दिंदै खोप बिहीबारदेखि नै आउन थाल्ने बतानुभएको हो ।

मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताउँदै उपलब्ध खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने पनि जानकारी दिनुभयो ।

मन्त्री त्रिपाठीले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिंदै भन्नुभयो ‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ ।

यसै गरी सरकारले भारत र अन्य मुलुकसंग खोप खरीदको प्रक्रिया सुरु गरिसकेको पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । नेपालको खोप भण्डारण क्षमतासँग समेत मेल खाने हुनाले पनि यो खोप सहज भण्डारण हुनेछ । जसका लागि दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमको भण्डारण क्षमता अनुकूल हुनाले पनि भारतबाट आउने खोपका लागि नेपाल सरकारले प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.