जन सरोकारस्वास्थ्य

खोप केन्द्रहरु नै संक्रमणको स्रोत नबनुन्

कोरोना भाइरसको तेस्रो लहर सुरु भएर अति तीब्रगतिमा महामारीकै रुप लिन गरी संक्रमण फैलिन थालेपछि सरकारले कोरोनाबिरुद्धको खोपको तेस्रो मात्रा र पहिलोा तथा दोस्रो मात्राको अभियान तीब्र बनाएको छ ।

तर, खोप लगाउने स्थानमा सामाजिक दूरी कायम नहुँदा संक्रमणको स्रोत खोप केन्द्रहरु नै बन्ने खतरा देखिएको छ । अव्यवस्थित किसिमबाट खोप लगाएर खोप लगाउनेको संख्या त बढी देखिन्छ, तर संक्रमण दर कम हुँदैन, अरु बढ्छ ।

अहिले देशभर खोप अभियान चलिरहँदा खोप लगाउन लामो लाइन बस्नुपर्ने अवस्था छ भने त्यस्तो लाइन दूरीबिना नै बस्दा संक्रमण सर्ने भय बढेको छ । अव्यवस्थित लाइनकै कारण धेरैजसो खोप लगाउन गएका छैनन् ।

जो गएका छन्, उनीहरु एकआपसमा टास्सिएर लाइन बस्दा खोपसंगै कोरोना पनि बोकेर जाने सम्भावना उच्च रहेको छ । खोप केन्द्रहरुबाट संक्रमण नहुन गरी बन्दोबस्त गर्न सम्बन्धित निकायहरुले बेलैमा ध्यान दिनु जरुरी छ ।

तस्वीरमा देखिएको दृश्यले यसै भन्छ । यो दृश्य तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाउन सर्वसाधारणको भीडको हो ।

नेपालमा कोरोना संक्रमण दर ५२ प्रतिशतको हाराहारीमा रहेको पछिल्लो तथ्यांकलाई सबैले गम्भीर रुपमा लिनुपर्दछ । खाप लगाउँदैमा संक्रमण हुने हैन भन्ने बुझ्नु र बुझाउनु पर्दछ अनि सोही अनुसार दूरी कायम राखेर खोप अभियान चलाउनु पर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.