जन सरोकार

आगोले जलेर एक जनाको मृत्यु

लमजुङ, मर्स्यांङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी श्रीमती ४१ वर्षीया सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको छ ।

साथै आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.