जन सरोकार

तीन जना मृत अवस्थामा फेला

मृत अवस्थामा तीन जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ शेषनारायण मन्दिर नजिक बाटोमा जुम्ला चन्दननाथ नगरपालिका-१० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै जुम्ला, तिला गाउँपालिका-२ लर्मी गाउँ बस्ने ४१ वर्षीय असिमान रावत सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-११ शारदा देवी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.