कर्पोरेट/पर्यटन

होटलको कोठामा हिटर बालेर सुत्दा आठजना भारतीय पर्यटकको मृत्यु

मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमा आठजना भारतीय पर्यटकको निधन भएको छ । भारतको केरलबाट नेपाल घुम्न आएका उनीहरुको कोठामा हिटर बालेर सुन्दा मंगलबार मृत्यु भएको हो ।

दामन चिसो स्थानमा भएकाले भारतीय पर्यटक हिटर बालेर सुतेका थिए । होटलको कोठाका झ्याल ढोका बन्द गरेपछि हिटर बालेर सुतेका उनीहरु अचेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएएपछि चिकित्सकहरुले सबैलाई मृत घोषित गरिदिए ।

ह्याम्स अस्पतालबाट आठैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। पोष्टमाटम रिपोर्टपछि मात्रै उनीहरुको मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ ।

ह्याम्सका इमरजेन्सी विभाग प्रमुख डा कमल थापाका अनुसार अस्पतलाको हेलिप्याडमा ल्याएर चेकजाँच गर्दा ८ जनाकै मृत्यु भइसकेको रहेछ । प्रहरीका अनुसार उनीहरुले होटेलमा ग्यासबाट चल्ने हिटर बालेर सुतेका थिए । बिहान ७ बजे कोठामा गएर हेर्दा उनीहरुको मृत्यु भइसकेको थियो । चिसो ठाउँमा उनीहरुले हिटर आफैंले ल्याएका थिए ।

मदिरा पिएपछि हिटर बालेर सुतेकाले उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ । सोमबार बेलुका करिब ९ बजेको समयमा १५ जनाको भारतीय टोली दामनस्थित उक्त होटलमा पुगेका थियो । उनीहरुले होटलमा ४ वटा रुम लिएका थिए ।

तर, पारिवारिक भ्रमण भएको भन्दै उनीहरु दुईवटा रुममा सुतेका रहेछन्, धेरै चिसो नभए पनि उनीहरुले हिटर बालेर सुतेको र उनीहरुको त्यही कारणले मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताउनुभयो ।

मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्। उनीनीहरु दुई परिवारका हुन् । दुई परिवारका बावु आमा र तिनका एकएक छोरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.