सूचना/प्रविधि

राष्ट्रिय आविस्कार केन्द्रले बनायो जुनार चिप्स बनाउने मेसिन

देशमा प्रविधिको विकास हुनुपर्छ भन्दै विश्वभर रहेका नेपालीहरुको दान र सहयोगमा आम नागरिकको जीवनमा बहुउपयोगी उपकरणहरु विकास गर्दैआएको राष्ट्रिय आविस्कार केन्द्रले पछिल्लो समय जुनारको चिप्स बनाउने उपकरण बनाएर सफल परीक्षण गरेको छ ।

यो उपकरणको सफल परीक्षणसंगै अब सिन्धुली लगायतका जिल्लामा उत्पादित जुनारले बजार नपाए पनि चिप्स बनाएर विक्री गर्न र लामो समयसम्म भण्डारण गरेर राख्न सकिने भएको छ ।

केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जाल फेसबुकबाट दिएको जानकारी अनुसार सोलार ड्राएरमा जुनार सुकाएर जुनार चिप्स बनाउने प्रयास सफल भएको छ । अब यसलाई प्याकेजिङ गर्ने उपकरण बनाउने तयारी भैरहेको छ ।

कोरोना संक्रमण भएयता आविस्कार केन्द्रले संक्रमितका लागि खाना पुर्याउने ड्रोन, रोबोटदेखि विग्रिएका भेन्टिलेटर लगायत पिपिईहरु उत्पादन गरी वितरण गरेको थियो भने प्राविधिक विकासमा निरन्तर सक्रिय रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.