शुक्रबार रातिदेखि सवारी साधनमा जोर-विजोर प्रणाली (आदेशको पूर्णपाठसहित)
सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेसहरुमा एक पटकमा २० जनामात्र
कोरोना संक्रमणको हटस्पट बन्दै गरेको काठमाडौं उपत्यकामा संक्रमण रोकथाम गर्न शुक्रबार रातिदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

बिहिबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।
यसै गरी सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेसहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरिएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।
जोर विजोर सहित आज जारी नयाँ आदेश
६_गते_जारी_आदेश
प्रतिक्रिया राख्नुहोस्