एन आर एन न्युजक्रिकेट

क्रिकेट खेलाडीलाई एनआरएनएको रू १० लाख सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ ।

एनआरएनएको मुख्यालय बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।

सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई रु आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि रु दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि रु सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रु एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको छ ।

साथै वैदेशिक रोजगारीका क्रममा कङ्गोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको रु २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.