राजनीति

अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारी समस्यामा

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा वर्तमान समस्या सिर्जना भएको बताउनुभएको छ ।

आज भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहकारीले नेपालमा बचतको संस्कार विकास गरे पनि उत्पादक र उपभोक्ताबिच पुलको काम गर्न नसकेको बताउनुभयो ।

“देशभरका अधिकांश सहकारी उत्पादनमूलक काममा नलाग्दा समस्या भएको हो”, ज्ञवालीले भन्नुभयो, “बचत उठाउने र महँगो ब्याजमा ऋण दिने गरेकाले यस्तो अवस्था आएको हो ।”

सरकारी निकायले समयमा नै नियमन गर्न नसक्दाको फाइदा केही सहकारी सञ्चालकले लिएका उहाँको भनाइ थियो ।

देशभरका ६० हजार सहकारीमा रू आठ खर्ब बचत रहेको भन्दै उपमहासचिव ज्ञवालीले बचत गर्ने संस्कृतिको विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले ठोस् कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले देश बन्छ भनेर युवामा ऊर्जा प्रदान गर्ने काममा सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.