नेवाः अन्तर्राष्ट्रिय फोरम जापानद्वारा सामूहिक बेल विवाह र ब्रतबन्ध आयोजना गरिंंदै
हरेक वर्षहरुममा जस्तै यस वर्ष पनि जापानको टोकियोमा नेवाःहरूको सक्रिय संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध आयोजना गर्ने भएको छ।
आगामी फेब्रुअरी २२ तारिख (आईतबार) टोकियोको कोतोकुको कितासुनामा आयोजना हुने कार्यक्रमका लागि नेपालबाट नेवाः गुरूज्युलाई आमन्त्रण गरी सम्पन्न गराउन लागिएको हो।
संस्थाले यसअघि चार पटक सामूहिक बेल विवाह (ईही) तथा दुई पटक सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गरिसकेको छ।
जापानमा नेवाः समुदायको बसोबास बढ्दै गएकाले नेवाः कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई चिनाउने र सिकाउने उद्देश्यले सन् २००३ मा यो संस्था स्थापना गरिएको हो।
ूसंस्थाका अध्यक्ष रूपेश डंगोलका अनुसार, संस्थाका कार्यक्रमहरूमा गैरनेवाः तथा जापानी समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको छ।
फोरमले वार्षिक रूपमा म्हः पूजा, बुद्ध जयन्ति, क्वाटी पुन्ही जस्ता प्रमुख पर्वहरू आयोजना गर्दै आएको छ भने टोकियोमा आयोजना हुने नेपाल फेस्टिवलमा नेवारी नृत्य, झाँकी, लाखे नाचसमेत प्रस्तुत गर्दै आएको ।
नेवारी परम्पराअनुसार छोरीहरूको पहिलो विवाह बेलसंग गरिन्छ, त्यसैले यसलाई बेल विवाह (ईही) भनिन्छ। यसआयोजना हुँदैछ ।
त्यसै गरी छोराहरूको विवाहभन्दा अगाडि ब्रतबन्ध (केयता पूजा) गर्ने चलन रहेको फोरमले ब्रतबन्ध तेस्रो पटक आयोजना गर्न लागेको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो।
सामूहिक बेलविवाह तथा ब्रतबन्धमा सहभागी हुन चाहने जापानमा रहनुभएका नेवाः समुदायका अभिभावकहरूले संस्थाका पदाधिकारीहरूलाई सम्पर्क गरी नाम टिपाउनु पर्नेछ।
पुजाका लागि आवश्यक सामग्री आयोजक संस्थाले तयार गरिदिनेछ र यो सबै नेपालबाट मगाउनु पर्ने भएकाले नाम टिपाउने अन्तिम मिति फेब्रुअरी १० तारिख तोकिएको छ। पूजा समापन पछी नेवारी भोजको पनि व्यवस्था गरिनेछ ।
यस सम्बन्धी विस्तृत जानकारीका लागि मोबाइल नम्बर ०८०-६५५५-६६६७ / ०८०-३२५९-६००२ / ०७०-१२११-१५०२ / ०८०-४३२३-३२०१ मा सम्पर्क गर्न सकिनेछ ।





प्रतिक्रिया राख्नुहोस्