राजनीति

यस्तो रह्यो काठमाडौंमा प्रचण्ड-नेपाल समूहको बिरोध प्रदर्शन (भिडियोसहित)

सरकारले गरेको संसद विघटनबिरुद्ध सडकमा उत्रिएको सत्तारुढ नेकपाको प्रचण्डनेपाल समूहले शुक्रबार राजधानी काठमाडौंमा जनप्रदर्शन गरेको छ । एकलाख मान्छे सडकमा उतार्ने घोषणा गरेको समूहले प्रदर्शनमा यसअघिको जस्तो अमर्यादित नारा लगाएको छैन ।

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.