राजनीति

नेपाल-खनालको ओलीलाई चुनौति आधिकारिकता सडकमा आएर हेर्नु ‘यो त कास्टिङ मात्र’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको जनप्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको, यो कास्टिङ मात्र भएको र फिल्म सुरु हुन बाँकी रहेको बताउनुभएको छ ।

प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई पार्टीले अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेर दण्ड दिन सुरु गरिसकेको पनि बताउनुभयो ।

सोही सभामा वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिनुभयो । खनालले कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु भन्दै केपी शर्मा ओलीले घुँडा टेक्नुको विकल्प नभएको पनि बताउनुभयो ।

त्यस क्रममा उहाँले अहिले आफूहरुसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी आन्दोलनमा रहेको र छुट्टाछुट्टै आन्दोलन भए पनि सबैको प्रहार एकै ठाउँमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.