राजनीति

प्रदर्शनीमार्ग कब्जा गरेर नेकपाको सभा- आफूहरु राष्ट्रप्रति इमान्दार रहेको र रहने दावी

अनौपचारिक रुपमा विभाजित भैसकेको प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुराष्ट्रप्रति इमान्दार रहेको र अब पनि रहने दावी गर्दै वाम गठबन्धनको चुनावी घोषणापत्र अनुसार काम गर्न नसकेको र ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गर्नुभएको छ ।

प्रचण्ड नेतृत्व रहेको नेकपाको समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै उहाँले आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको बताउँदै प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको आरोप लगाउनुभयो ।

प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै ोष प्रधानमन्त्री केपी ओलीतिर तेस्र्याउँदै भन्नुभयो केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।

सम्बोधनका क्रममा उहाँले पुनः आत्मालोचना गर्दै भन्नुभयो केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं ।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै जनताको सरकार आउने बताउँदै कर्मचारी लगायतलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको पाइएकोले त्यसो भएमा जनताको सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले चुनौति दिंदै भन्नुभयो कर्मचारी र पेशाकर्मीहरू सहभागी हुनेहरूलाई रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरूले अनि कारबाही गर्ने भनेर धम्की दिएको मैले सुनेँ । जुलुसमा को(को गए रेकर्ड राख्ने रे । म यो मञ्चबाट केपी र उनका गुटलाई चुनौती दिन चाहन्छु( एउटालाई छोएर देखाऊ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.