क्रिकेटखेल

न्यूजिल्याण्डसंग नेपाल स्तब्ध, अर्जुन चुके १० रनले शतक बनाउन

दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ एकदिवसीय विश्वकप अन्तर्गत आफ्नो समूहको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसंग ६४ रनले पराजित भएको छ ।

ज्यूजिल्याण्डले दिएको तीनसय तीन रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुईसय ३८ रन मात्र बनाउन सक्यो ।

नेपालका युवा ब्याटर अर्जुन कुमाल आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध शतक बनाउनबाट चुकेका छन् । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३७ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा ९० रनमा क्याच आउट भएपछि शतक बनाउनबाट चुकेका हुन् ।

बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगे । अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए । हालसम्म विश्वकपमा नेपालले शतक बनाउन सकेको छैन ।

तीन सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि अर्जुनले ९० रनको पारीसंगै कप्तान देव खनाल ३६ रनमा आउट भए भने ओपनर दीपक बोहरा शून्यमा आउट हुन पुगे ।

नेपाललाई अन्तिमसम्म लिएर जाने क्रममा सुवास भण्डारीले अविजीत ३३ रन बनाए भने तिलक भण्डारीले १७ रन बनाए आउट भए

नेपालका लागि दीपक बोहरा १५, आकाश चन्दले १४, आकाश त्रिपाठी २, गुल्शन झा २ र दिपेश कँडेल शून्यमा आउट भए ।

टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा तीन सय २ रनको विशाल योगफल बनायो । न्यूजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्काको मद्दतमा एक सय ४७ रन जोडेका हुन् ।

पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्यूजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे ।

यसैगरी कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए ।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिँदा गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.