राजनीति

निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको भन्दै संसद् पुनःस्थापना पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा शबिार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राख्नुभयो ।

“हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो”, कोइरालाले भन्नुभयो, “पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।” त्यसैगरी पार्टी महाधिवेशन क्रियाशिल सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उहाँले बताउनुभयो ।

“जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन सकेको छैन”, उहाँले भन्नुभयो, “समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।” मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.