जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ र चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप ओरालोस्थित सडमा कलंकीदेखि हेटौंडातर्फ जाँदै गरेको ना.७ ख २७८७ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ सतुंगल बस्ने ६५ वर्षीय महेन्द्र लाल दासको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल एपिएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवन, भरतपुर महानगरपालिका-२९ स्थित सडकमा ना.५९ प २६२१ नम्बरको मोटरसाइकल र ना.६५ प ७२२५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा ना.६५ प ७२२५ नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-७ बस्ने ४० वर्षीय प्रकाश बाबु थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.५९ प २६२१ नम्बरको मोटरसाइकल चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.