राजनीति

अर्थतन्त्र लयमा फर्किंदैछ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै गएको बताउनुभएको छ । सोमबार बारा, महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै मन्त्री महतले कोरोनाको बेलामा आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाँदा मुलुकको अर्थतन्त्र बिग्रिएको र पछिल्लो समय सुधार भइरहेको बताउनुभयो ।

अर्थमन्त्री महत

अर्थमन्त्री डा महतले नेपाल र भारतको सिमानामा रहेका बाराका केही नाकाहरु खुलाउने विषयमा दुवै देशको अधिकारीहरुसँग चाँडै संवाद गर्ने बताउनुभयो ।

निजगढ विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम तीव्ररुपमा अगाडि बढाएको भन्दै मन्त्री महतले विमानस्थल बन्नेमा शङ्का नगर्न सबैलाई आग्रह गर्नुभयो । सुनकोशी मरिन डाइभर्सन मधेसको लाइफलाइन भएको हुँदा त्यसको निर्माण अन्तिम चरणमा पुगिसकेको बताउँदै मन्त्री महतले सो डाइभर्सनले मधेसको प्रायः सबै जिल्ला सञ्चित हुनेमा आफू आशावादी रहेको प्रस्ट पार्नुभयो ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सांसद श्याम पटेल, पूर्वराष्ट्रियसभाका सदस्य रमेश यादव, जिल्ला सचिव भैयाराम यादवलगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

मन्त्री महतले सोमबारै सिम्रौनगढमा रहेको छोटी भन्सारको अवलोकन गर्दै चाँडै नै भन्सार खुलाउनका लागि पहल गर्ने बताउनुभएको थियो । उहाँले सोमबारै स्वर्ण गाउँपालिका कबहीगोठस्थित रहेको सनफुलवा नाकासमेत निरीक्षण गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.