जन सरोकार

मृत अवस्थामा सात जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट सात जना फेला परेका छन् । भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे डेरा गरी काभ्रे नमोबुद्ध नगरपालिका-१ घर भएकी ३५ वर्षीया अनिता थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै झापा, कनकाई नगरपालिका-१ जामुनबारीस्थित प्लटिङमा सुनसरी खनार गाउँपालिका-५ बस्ने ६४ वर्षीय कृष्ण बहादुर भुजेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बाग्लुङ, काठेखोला गाउँपालिका-४ बर्लुङ बस्ने ४० वर्षीय सेतुलाल किसान सोही ठाउँस्थित रानीकरेङ भिरमा मंलगबार मृत अवस्थामा फेला परेका छन् ।

उता गोरखा, सहिदलखन गाउँपालिका-४ फेवाटारस्थित त्रिशुली नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंलगबार मृत अवास्थामा फेला परेका छन् । यता सल्यान, छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीया सिमा कँवर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै अर्घाखाँची, सन्धिखर्क नगरपालिका-६ फर्ज्याङपुल नजिकै खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । उता चितवन, भरतपुर महानगरपालिका-१ नारायणी किनारस्थित हरिहर मन्दिर अगाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.