समाचार

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपालचोक इन्द्रावती नगरपालिका-९ फटकसिला घर भई हाल ललितपुर इमाडोल बस्ने २५ वर्षीय अनिल बराईलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

साथै उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने शिवली ज्वेलर्सका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको छ । कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो ।

साथै थप सोधपुछको क्रममा चोरी गरेको चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वेलर्सका संचालक राजनलाई समेत प्रहरीले पक्राउ गरेक हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.