राजनीति

रास्वपा दोलखाका उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोग

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।

तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ ।

‘उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताका खण्डहरुको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ (पच्चीस) जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ? यदि तपाईले माथि उल्लेख भएजस्तो कार्य गर्नु भएको हो भने तपाईंलाई किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानून वमोजिम कारबाही गर्नु नपर्ने हो ? यस पत्र प्राप्त भएको ३ (तीन) दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ,’स्पष्टीकरण पत्रमा भनिएकाे छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.