जन सरोकार

१० जना एसएसपीलाई दज्र्यानी चिह्न प्रदान

नेपाल सरकार गृहमन्त्रीस्तरको यही ९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार एक समारोहबीच उहाँहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो ।

दज्यानी चिह्न पाउने प्रहरी वरिष्ठ उपरीक्षकमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशङ्कर पञ्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेल हुनुहुन्छ । सोही निर्णयले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली हाल सुडान डार्फर मिसनमा कार्यरत हुनुहुन्छ ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूरा गर्न आगामी दिनमा अझै उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो । उहाँले सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौति व्यवस्थापन गर्न र मातहत कर्मचारीको आचरण व्यवहारमा थप सुधार ल्याउन निर्देशन दिनुभयो । कानूनबाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र कोभिड–१९ का कारण उत्पन्न आर्थिक अवस्थाको कारण वित्तीय व्यवस्थापनमा मितव्ययिता अपनाउने सुझाव दिनुभयो ।

पदोन्नति भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक कृष्णकुमार महतले सङ्गठन र नागरिकप्रतिको जिम्मेवारी र उत्तदायित्व बहन गर्दै लक्ष्य प्राप्तिमा अझै बढी उर्जाका साथ पारदर्शी भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.