जन सरोकार

जब कान्छो छोराको सासुसंग प्रेम बस्यो…

गोरखामा सम्धी र सम्धिनीबीच प्रेम सम्बन्ध बसेपछि दुबैजना कानुनी फन्दामा परेका छन् । जिल्लाको सिरानचोक गाउँपालिका–४ भर्लाबोटका ४४ वर्षीय पुरुषले आफ्नै सम्धिनी ४० वर्षीया महिलालाई भगाएपछि बहुविवाहको मुद्दा दर्ता भएको छ ।

समाचार अनुसार प्रेम विवाह गरी भागेका उनीहरुविरुद्ध बहुविवाह मुद्दा दर्ता भई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

केही वर्षदेखि उनीहरूबीच प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले बताउनुभयो ।

दाहालका अनुसार मंसिर २३ गते सम्धिनीलाई भगाएर चितवन लगेछ र त्यतै कोठा लिएर राखेछ । ‘पुस २३ गते विवाह गरेको भन्दै आफ्नै घरमा ल्याएपछि उक्त पुरुषको घरमा भएकी श्रीमतीले प्रहरीमा जाहेरी दिनुभयो । सोही जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उक्त पुरुषको घरमा श्रीमती र दुई छोरा छन् । कान्छो छोराको सासुसँग उनले प्रेम विवाह गरेका हुन् । सम्धीसँग विवाह गर्ने महिलाको श्रीमान् भने रोजगारको शिलशिलामा भारतमा बस्दै आएको बताइएको छ । म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.