जन सरोकार

जङ्गलमा करेन्ट लाग्दा सिकारीको मृत्यु

कैलालीमा जङ्गलमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । जङ्गलमा सिकार गर्न गएको अवस्थामा ४० वर्षीया धनबहादुर शाहको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सुखडले घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थित तुलसीपुर सामुदायिक वनमा करेन्ट लागेर सोही ठाउँका शाहको मृत्यु भएको जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएपछि चेकजाँचका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

करेन्ट लागेर मोहन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते हुनुभएको छ । खत्रीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

जङ्गलमा कुन ठाउँबाट कुन प्रयोजनका लागि बिजुली लगिएको भन्ने कुरा थाहा नभएको विधुत कार्यालय पहलमानपुरका प्रमुख लोकविक्रम मल्लले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.