जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कास्की र बझाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-१८ चिसाखोलास्थित सडकमा ग.३ च २६०३ नम्बरको बोलेरो अनियन्त्रित भई बुधबार बिहान दुर्घटनामा हुँदा चालक सोही महानगरपालिका-१८ ग्यारजाती बस्ने ४९ वर्षीय कृष्ण बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बझाङ, केदारस्युँ गाउँपालिका-४ तल्लो बजारस्थित सडकमा सु.प.प्र.०१००१ ज १३१६ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया महेश्वरी देबी मल्लको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.