जन सरोकार

मृत अवस्थामा छ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट छ जना फेला परेका छन् । रोल्पा, त्रिवेणी गाउँपालिका-७ चुनारी बस्ने ४० वर्षीय सोभाराम बुढाथोकी सोही गाउँपालिका सिमस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै बागलुङ, बडिगाड गाउँपालिका-५ बाजिक बस्ने गुल्मी मुसिकोट नगरपालिका-३ थारे घर भएकी २३ वर्षीया संगिता परियार आफु सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ४० वर्षीय सिंह बहादुर हायु आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने ४५ वर्षीय बिजय लिम्बु आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता मकवानपुर, थाहा नगरपालिका-५ फुर्के बस्ने ५५ वर्षीया ठुलीमाया रूम्बा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै सिन्धुली, दुधौली नगरपालिका-९ दुधौली बजारस्थित टहरामा सोही नगरपालिका-१३ मनवा बस्ने ५० वर्षीय गणेश विक मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.