राजनीति

कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस बदलिनुपर्छ भनेर नागरिकले गरेको आह्वानलाई आफूहरूले सम्मान गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार पदभार ग्रहण भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति थापाले विशिष्ट परिस्थितिमा पार्टीको विशेष महाधिवेशन सम्पन्न गरेर यो जिम्मेवारी लिने परिस्थितिमा आइपुगेको बताउनुभयो । उहाँले आफूहरूका बारेमा हिसाबकिताब गरेर महाधिवेशन गरेको नभइ नागरिकहरूको कुरा सुनेको धारणा राख्नुभयो ।

“कांग्रेस बदलिनै पर्छ भन्ने आह्वानलाई हामीले सम्मान गरेको हो । त्यो गर्नै पथ्र्यो, हाम्रो पार्टीका संस्थापकहरूले हामीलाई सिकाएको कुरा यही नै हो, अधिवेशनबाट जिम्मेवारी लिएको केही दिनपछि नै हामीले निर्वाचनका लागि उम्मेदवारी चयन गर्ने जिम्मेवारी सम्पन्न गर्नुपर्यो, सजिलो थिएन, निर्वाचन आयोगमा भएको वैधानिकताको परीक्षण, सम्मानित सर्वोच्च अदालतभित्र प्रवेश गरेको विषय प्रवेश, निवर्तमान सभापतिलगायत नेताहरूसँग गरिरहेको छलफल र संवादले आज यो ठाउँमा आइपुगेका छौँ”, उहाँले भन्नुभयो ।

सभापति थापाले विशेष महाधिवेशनले विधानमा परिवर्तन गरेको व्यवस्थाअनुसार अर्को पटकदेखि उम्मेदवार चयन गर्दा सम्बन्धित क्षेत्रका पार्टीको सदस्य र आमनागरिकले मतदान गरेर तलैबाट चयन गर्ने व्यवस्था गरिनुपर्छ भन्दै यो वर्ष समय अभावका कारण सम्बन्धित क्षेत्रबाट उम्मेदवार चयन गर्न सम्भव नभएको बताउँदै अर्को पटकदेखि लागू हुने बताउनुभयो ।

उपसभापति विश्वप्रकाश शर्माले विगतमा कांग्रेसले चुनाव जितेर आएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने गरेको बताउँदै विगतमा भन्दा भिन्न परिस्थितिमा निर्वाचन हुन गइरहेकाले आममतदातालाई भोलिको उम्मेदवारको बारेमा परिचित गराएको स्पष्ट पार्नुभयो । पार्टीप्रति नागरिकको विश्वास जगाउन चुनाव अगावै प्रधानमन्त्रीको उम्मेदवार घोषणा उहाँको भनाइ छ ।

उहाँले निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार चयन गर्दा नेतृत्व गर्ने व्यक्तिको पृष्ठभूमि, व्यक्तिको संस्कार, नेतृत्व क्षमता र योग्यताको बारेमा जानकारी हुनुका साथै देशलाई कसरी हाँकेर जान सक्छ भन्ने विषयको ज्ञान हुने बताउनुभयो । उपसभापति शर्माले जेनजी विद्रोहले माग गरेको परिवर्तनलाई कांग्रेसले सम्बोधन गर्ने तागत राखेको तर्क गर्दै पार्टीभित्र परिवर्तनको अभ्यास गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.