जल/वातावरण

पश्चिम नेपालमा सुरु भयो वर्षा

पश्चिम नेपालबाट शुक्रबार अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मौसम

विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको पनि जानकारी दिनुभयो ।

विभागबाट प्राप्त विवरणअनुसार पछिल्लो तीन घण्टामा बैतडीको शतबाँजमा १० मिलीमिटर वर्षा भएको छ र यस्तै दार्चुलामा पाँच, डडेलधुरामा ९.४, डोटीमा सात, कञ्चनपुरमा ०.८ र कैलालीमा ०.४ मिलीमिटर वर्षा भएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तर राति विस्तारै फेलिने पनि विभागले जनाएको छ ।

शुक्रबार सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.९ डिग्री तापक्रम रहेको छ । यस्तै जोमसोममा माइनस तीन र जिरीमा माइनस ०.९ डिग्री तापक्रम रहेको छ । शुक्रबार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले अहिले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात/वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको जनाइएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित असिनाको समेत सम्भावना रहेको छ । सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनहुन अनुरोध पनि गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.