जन सरोकार

हत्याको आशंकामा आर्यघाटबाट जल्दै गरेको शव प्रहरीद्वारा बरामद

सोमबार पशुपति आर्यघाटबाट एक महिलाको जल्दै गरेको शव प्रहरीले बरामद गरेको छ । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले शव बरामद गरेको महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो । बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

त्यसै गरी अनुसन्धानका लागि प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवी र चल्ली भनेर चिनिने अनु थापालाई पक्राउ गरेको छ । प्रहरीले शव बरामद गर्दा शवको अधिकांश भाग जलिसकेको थियो ।

बस्नेतका अनुुसार ‘चार दिन अघि मृतकले अनुको मोबाइल चोरेको भन्ने खुलेको छ, त्यसैले उनले अरु दुई, तीन जना महिला लगाएर कुटपिट गर्दा टाउको र आँखामा चोट लागेका उनी त्यसपछि हिँड्न नसकेर त्यहीँ लडेकी रैछिन् ।

शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ । उनीहरु मन्दिरकै आश्रममा बस्दै आएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.