जन सरोकार

मृत अवस्थामा सात जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट सात जना फेला परेका छन् । मोरङ, रतुवामाई नगरपालिका-१० मगर टोलस्थित परालमा सोही ठाउँ बस्ने ३२ वर्षीय भरत कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै पाल्पा, रामपुर नगरपालिका-८ अमदाघाटस्थित कालिगण्डकी नदीको किनारमा स्याङजा चापाकोट नगरपालिका-९ फुलबारी बस्ने ३७ वर्षीय प्रकाश भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-१० देवीचोक धनुषापथस्थित नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता मोरङ, ग्रामथान गाउँपालिका-७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ सेती नदीको किनारमा सोही नगरपालिका-८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारू बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै पर्वत, मोदी गाउँपालिका-५ बाजुङस्थित ओख्लेको जङ्गलमा कुश्मा नगरपालिका-३ दुर्लुङ सल्यान बस्ने ३९ वर्षीय बिष्णु कामी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता स्याङ्जा, हरिनास गाउँपालिका-४ वाङगेश्वरास्थित जंगलमा सोही गाउँपालिका-७ चाङसिङ बस्ने ८१ वर्षीय झक बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.