जल/वातावरण

खोप लगाएपछि चिकित्सकहरुको प्रतिक्रिया- “ढुक्क भइयो, हिम्मत अरु बढेको छ”

आजदेखि सरकारले देशभर कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा चिकित्सक, स्वासथ्यकर्मी तथा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा सक्रियहरुलाई खोप लगाइनेछ । चिकित्साकर्मीलाई कोरोनाबिरुद्धको खोप लगाएपछि चिकित्सकहरुले यसबिरुद्धको लडाइमा अरु हिम्मत बढेको बताएका छन् ।

यसै क्रममा प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा. दिपक सिग्देलले विराटनगरमा बुधबार पहिलो खोप लगाउनु भएको हो ।

कोशीको कोभिड–१९ अस्पताल परिसर केन्द्रमा औपचारिक कार्यक्रमकाबीच डाक्टरद्वयले खोप लगाउँदै सरकारप्रति आभार व्यक्त गर्नु भएको छ । कोशीका मेसु दासले स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सरकारले खोप सेवा ल्याएकोमा आभार व्यक्त गर्दै नागरिकका लागि पनि आवश्यक खोपको प्रवन्ध मिलाउनका लागि आग्रह गर्नु भएको थियो ।

उहाँले आफूलाई बल्ल ढुक्क भएको बताउँदै अब कोरोना भाईरसको जोखिम विस्तारै निस्तेज हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी डाक्टर सिग्देलले खोप लगाउँदा कोरोनाबाट सुरक्षित हुनसकिने बताउँदै अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न आग्रह गर्नु भएको थियो ।

उहाँले खोपबारे भएका अध्ययन र परीक्षणहरुले त्यसको प्रमाणिता पुष्टि गरेपछि मात्रै मानव शरिरमा लगाईने भएकोले सबैले खोप अभियानमा सरिक हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश १ का आन्तरिक मामला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख उपस्थितिमा राष्ट्रिय खोप अभियान अन्तर्गतको कार्यक्रममा प्रदेशमा सुरुवात गरिएको हो ।

बुधबारदेखि सुरु भएको राष्ट्रिय खोप अभियान कार्यक्रम प्रदेश १ का ८ जिल्लाका १९ केन्द्रमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशानालयका निमित्त स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार आठ जिल्लाका २८ हजार ६०५ जनालाई खोप उपलब्ध भएको दशदिन भित्रमा खोप लगाईसकिने छ । त्यस बाँकी ४ जिल्लामा बिहीबारदेखि र २ जिल्लामा शुक्रबारदेखि खोप लगाइने भएको छ । बिहीबार र शुक्रबार ७ खोपकेन्द्रमा यसको प्रारम्भ हुने भएको हो । प्रदेश १ मा ३५ हजार ५७६ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.