राजनीति

दिनमा सेतो, रातमा रातो नम्बर प्लेट : दुरुपयोग रोक्न तत्काल इम्बोस्ड नम्बर प्लेट राख्न निर्देशन

सवारी साधन संचालनको हरेक जानकारी पाउन सकिने गरी ‘हाई सेक्यूरिटी इम्बोस्ड भेइकल नम्बर प्लेट’ जडानको थालनी भए पनि यसमा सरकारी निकायबाटै अनिच्छा देखाइरहेका बेला गृह मन्त्रालयले सरकारी नम्बर प्लेट भएका सवारी साधनहरूमा अविलम्ब इम्बोस्ट नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ ।

गृह प्रशासन अन्तर्गत विभिन्न निकायले प्रयोग गर्ने सेतो (सरकारी) नम्बर प्लेटको सवारीमा रातो (निजी प्लेट) राखी दुरुपयोग हुन सक्ने भन्दै इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्न मन्त्रालयले पत्राचार नै गरेको छ ।

गृह मन्त्रालय आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

गृह प्रवक्ता चक्रबहादुर बुढाले कोभिड–१९ तथा अन्य कारणले प्रभावित इम्बोस्ड नम्बर प्लेट जडान कार्य यही फागुन मसान्तसम्म अनिवार्य रुपमा लागू गरिसक्न पत्रचार गरिएको बताउनुभयो । इम्बोस्ड नम्बर प्लेट सवारी साधनको सुरक्षा तथा प्रयोगका लागि प्रभावकारी मानिएको छ ।

यसअघि इम्बोस्ड नम्बर नेपाली अंकमा लेख्न अदालतमा परेको रिटमा अंग्रेजी अक्षरलाई सदर गरिदिएपछि मन्त्रालयले अनिवार्य गरेको हो । विभिन्न विभागको नाममा रहेका सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट राख्न पुनः ताकेता गरिएको समारोह व्यवस्थापन शाखा अधिकृत रामचन्द्र आलेले स्पष्ट पार्नुभयो ।

सरकारी गाडीमा इम्बोस्ड प्लेट नम्बर जडान गरेसँगै सरकारी सवारी साधन दुरुपयोग गर्ने समस्या पूर्णरुपमा हट्ने विश्वास गरिएको छ । इम्बोस्ड नम्वर प्लेट जडानसँगै निजी तथा सरकारी सवारी साधनहरू हराउने र चोरी हुने समस्या हट्ने दावी गरिएको छ ।

के हो इम्बोस्ड नम्बर प्लेट

नेपालको राष्ट्रिय झण्डा र सरकारको होलो ग्रामसँगै प्रदेश र सवारी दर्ता नम्वर उल्लेख गरिएको ईम्बोष्ट नम्बर प्लेट अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उच्च सुरक्षा विशेषता भएको नम्वर प्लेट हो । इम्बोस्ड नम्बर प्लेट छपाई अप्रेसन प्रमुख अरुण हमालका अनुसार, यो मेसिन रिडेवल हुन्छ ।

कुनै पनि सवारी साधनका बारेमा विस्तृत जान्नका लागि इम्बोष्ट नम्वर प्लेट वा ‘आरएफआईडी’ ( इन्जिन नम्बर, च्यासिस नम्वर, सवारी धनी र सवारी साधनको वास्तविक नम्बर ) सुरक्षा उपकरण ‘ह्याण्डिल डिभाइस’ र मोबाइल चिप्सबाट सजिलैसँग परीक्षण गर्न सकिन्छ ।

यसरी, सुरक्षा उपकरणबाट सवारी साधनको विस्तृत विवरण सजिलैसँग छुट्याउन सकिन्छ । उहाँका अनुसार, इम्बोस्ड नम्बर प्लेट सवारी साधन हराउने वा चोरी हुनबाट जोगाउने महत्वपूर्ण हतियार पनि हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.