जन सरोकार

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुर्घटना, एकजना वेपत्ता

सोलुखोला-दूधकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र पाइप लैजाने क्रममा भएको दुर्घटनामा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

समाचार अनुसार सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको आयोजनामा बिहीबार बिहान पौने ४ बजे आयोजना निर्माणस्थल पञ्चनस्थित सुरुङभित्र पाइप लैजाने क्रममा एक्स्काभेटर नै भाँचिएपछि दुर्घटना भएको हो ।

सुरुङभित्र पानी बगाउने पाइप एक्स्काभेटरको बकेटमा लिएर जाँदा एक्स्काभेटर नै भाँचिएपछि बकेटमा रहेका मजदुरसमेत सुरुङभित्र खसेका थिए । सुरुङभित्र बेपत्ता हुनेमा बाराको कोल्हवी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेका छन् । उनको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका पर्साको पटेर्वा गाउँपालिका ४ का २० वर्षीय आंगत राय थारुलाई भने उपचारका लागि ओखलढुंगास्थित मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले जानकारी दिए । घाइते थारुको अवस्था सामान्य रहेको बताइएको छ ।

एक महिनाअघि सोही आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.