राजनीति

गठबन्धनमा खटपट, कांग्रेसले विश्वास गुमाएको माओवादी आरोप

सत्ता स्वार्थ, नेकपा एमालेलाई खुइल्याउने रणनीति अनुसार बनेको वर्तमान सत्ता गठबन्धन जनअपेक्षा अनुसार काम गर्न असफल भएको मात्र होइन दलहरुबीच विश्वासको संकट उत्पन्न भएको छ ।

यसबीच नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गर्दै समीक्षा गर्ने बेला भएको बताउनुभएको छ ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामपछि नेता पुनले राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताउँदै सो धारणा राख्नुभएको हो ।

पुनले हरेक पटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारितापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिंदै आएको भन्दै सम्बन्धबारे समीक्षा गर्नुपर्ने बताउनुभएको हो ।

शनिबार गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै उहाँले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको समेत बताउनुभएको छ ।

उहाँले कांग्रेसले पार्टीभित्रको गुटबन्दी देखाएर पटकपटक धोका दिने गरेको स्मरण गर्दै अब त्यसले नहुने बताउनुभयो । उहाँले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रिय सभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गर्नुभयो ।

यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारी विपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताउनुभयो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.