जन सरोकार

मृत अवस्थामा छ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट छ जना फेला परेका छन् । भोजपुर, आमचोक गाउँपालिका-३ खाईताङस्थित खोल्सामा सोही नगरपालिका-३ चण्डीडाँडा बस्ने तारा बहादुर खत्रीको छोरी १३ वर्षीया कृष्णा खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै पर्सा, बहुदरमाई नगरपालिका-७ फुलकौलस्थित फलिया पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै काभ्रे, पनौती नगरपालिका-५ सुन्दरबस्ती बस्ने ३४ वर्षीय दिपक खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता उदयपुर, बेलका नगरपालिका-८ बकुन्द्रे खोलास्थित सोही ठाउँ बस्ने ६९ वर्षीय नर बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् । यता पाल्पा, तानसेन नगरपालिका-१ भुसालडाँडा बस्ने ३५ वर्षीया रीता सोमई आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै बर्दिया, राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झुलुङगे पुलको तल मधुवन नगरपालिका-२ ओराली बजार बस्ने ३५ वर्षीय सरोज सुनार शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाको आवश्यक अनुसन्धानको लागि ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.