राजनीति

युवराज सफल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद थप

हरेक कुरामा मुद्दा हाल्दै आफूलाई चर्चामा ल्याइरहेका अधिवक्ता युवराज सफल भनिने युवराज पौडेललाई विद्युतीय अपराधको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज मंगलबार निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।

महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आजै अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिनको म्यादसमेत लिइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते नै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.