जन सरोकार

कर्णालीको राजधानी वीरेन्द्रनगरमा तनाव, कर्फ्यु आदेश जारी

मङ्गलबार बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ट्रिपरले ठक्कर दिएर युवाको मृत्यु भएपछि तनाव बढेको छ । भे १ ख २२४२ नम्बरको ट्रिपरले ठक्कर दिदा केशरबहादुर सिंहको घटनास्थलमै मृत्यु भएपछि उत्पन्न तनाव कम गर्न त्यहाँ कफ्र्यु आदेश जारी गरिएको छ ।

सिंहको मृत्युपछि उत्तेजित भिडले तोडफोड, आगजनी गर्न उत्रिदा स्थिति नियन्त्रणमा लिन प्रशासनले कफ्र्युको आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं ३ स्थित गौतमचोक नजिकै ट्रिपरको ठक्करबाट कालिकोट जिल्ला महावै गाउँपालिका ३ बस्नुहुने वर्ष २१ का केशरबहादुर सिंहको मृत्यु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा आठजना घाइते भएको जनाइएको छ । प्रशासन कार्यालयले वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेशिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँचसय मिटर दक्षिणसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । उक्त आदेश साँझ साढे छ बजेदेखि बिहान छ बजेसम्मका लागि जारी गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.