खेल

क्रिकेट रङ्गशाला निर्माणका लागि रु चार करोड

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अगाडि बढाउन भरतपुर महानगरले थप रु चार करोड सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ ।

महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । महानगरको आन्तरिक स्रोतबाट रङ्गशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई पटकपटक गरी पहिले रु चार करोड र अहिले थप रु चार करोड प्रदान गरिएको बताउनुभयो ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिनुभयो । उहाँले स्थानीय सरकार र जनताको सहयोगमा रङ्गशाला निर्माण कार्यलाई टुङ्गोमा पु¥याउने बताउनुभयो । रङ्गशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.