राजनीति
देशलाई कालो सुरुङमा हाल्ने ओलीको कदमबिरुद्ध २८ गतेको जनप्रदर्शन निर्णायक हुने

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले देशलाई कालो सुरुङमा हालेको आरोप लगाउँदै आफ्नो समूहले माघ २८ गतेको जनप्रदर्शन निर्णायक हुने र देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताउनुभएको छ ।
बिहिबार पेरिसडाँडामा बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक हुने बताउँदै त्यसमा सहभागी हुन आव्हान गर्नुभएको हो ।
उहाँले केपी ओलीले देशलाई कालो सुरुङमा हाले पनि त्यो प्रयास विफल बनाउने र जनता नै त्यस्तो निर्णायक शक्ति भएको पनि बतानुभयो ।
प्रचण्ड नेपाल समूहले माघ २८ मा राजधानीमा विशाल जनप्रदर्शनको तयारी गरेको छ । त्यसअघि माघ २२ मा मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्