जन सरोकार

१२ दिनदेखि गोमन सर्प देखिएपछि ‘नाग देवता’ भन्दै पूजा गर्नेहरूको घुइँचो

महोत्तरीको बलवा नगरपालिका– ११ रौजागाउँको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयवासीले पूजाआजा गर्दै आएका छन् । सो सर्पलाई स्थानीयवासीले नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी गुलाम साहले बताउनुभयो ।

गाउँ नजिकैको वनछेऊ सतलाल राउतको खेतमा रहेको दुलोबाट सधैँ दिउँसो १२ बजेपछि निस्कने र बेलुका ४ बजेतिर पुनः सोही दुलोभित्र पस्ने गरेको सो सर्पलाई वरपर छिमेकी गाउँबाट पनि हजाराँै मानिस हेर्न र पूजाआजा गर्नका लागि आउने गरेको स्थानीयवासी जीतेन्द्र मण्डलले बताउनुभयो ।

सो सर्प निस्कनेबित्तिकै चारैतिरबाट हेर्नेहरुले घेरिदिने र नजिकमा जाँदा पनि कसैलाई केही नगर्ने गरेको कारण सबैले त्यसलाई नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी वीरेन्द्र यादवले बताउनुभयो । सो सर्पलाई स्थानीयवासीले कचौरामा दूध खान दिने गरेका छन् भने पूजाआजा गर्नेहरुले फूल, तुलसी, बेलपत्रलगायतका वस्तु र फलफूल पनि चढाउने गरेको स्थानीयवासी बताउँछन् ।

शुरुशुरुमा वनमा घाँस काट्न गएका महिलाको एक समूहले सो सर्पलाई देखेका थिए भने उनीहरु डराएर भागेका थिए । तर पछि सर्प केही नगरेको र नभागेपछि महिलाले गाउँलेलाई सो कुरा सुनाएका थिए । त्यसै दिनदेखि आज १२ औँ दिनसम्म दैनिकरूपमा सो सर्प निस्कने गरेको र स्थानीयवासीसहित छिमेकी गाउँका समेत व्यक्तिहरु पूजाआजा गर्न घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.