जन सरोकार

लमजुङमा पाँच रेक्टर स्केलको भूकम्प

लमजुङमा बिहिबार राति भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् ।

जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो । त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.