विप्लवका नेता पक्राउका क्रममा घम्साघम्सी हुँदा बन्दुक पडकिएर प्रहरी जवान घाइते
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला नेतालाई पक्राउ गर्न गएको बेला भएको घम्साघम्सीमा आफैंले बोकेको गोली पडकिएर प्रहरी जवान गंगाराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ । बर्दियाको मधुवन नगरपालिका–४ ढोडरी स्थित कुमराघाटमा सो घटना घटेको हो ।

प्रहरीले विप्लव समूहका जिल्ला जनपरिषदका अध्यक्ष जय हादुर ठाडामगर र डीसीएम रोहित सुनारलाई भने पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट पर्चा तथा हतियार फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले दिएको जानकारी अनुसार उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी गर्दा प्रहरी जवान चौधरीले बोकेको बन्दुक पडकिएको हो ।
गस्तीका क्रममा तिघ्रामा गोली लागेका चौधरीको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको एसपी बास्तोलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्