जन सरोकार

७५ वर्षे चन्द्रवीर जसले चन्द्रमा जस्तै अजर अमर बन्ने काम गरे

उहाँको नाम चन्द्रवीर वली, उमेर ७५ वर्ष एउटा यस्तो सपना देख्नुभयो जुन सपना उहाँले पूरा गर्नुभएको छ र चन्द्रमा जस्तैअजर अमर बन्नुभएको छ । उहाँले चार वर्ष लगाएर पहाड फोडेर एक्लैले सडक निर्माण गर्नुभएको छ ।

तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीरले तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पुर्याउने  चार वर्षदेखिको उहाँको सपना एक्लै पूरा गर्नुभएको हो ।

गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयम् उहाँको परिवारका १३ जना सदस्यमध्ये नौजना दृष्टिविहीन हुनुहुन्छ । त्यसैले लाग्नुभो एक्लै सडक बनाउन ।

सुरुमा गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उहाँ एक्लैले आँट गरेर बाटो खन्न थाल्नुभयो । बिहान ४ बजे उठेर बाटो खन्न जानुहुन्थ्यो र आँखा देखुन्जेल खन्नुहुन्थ्यो । राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पुर्याउनु थियो, जुन सफल भएको छ ।

वली भन्नुहुन्छ, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म पु¥याउने बाटो पनि थिएन । तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो ।” अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन् । यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उहाँको भनाइ छ ।

वलीको दैनिकी २०७१ सालदेखि उस्तै छ । बिहान ४ बजे उठ्नुहुन्छ । बाटोमा पहिरो खसेको भए फाल्नुहुन्छ । परिवारका दृष्टिविहीन सदस्यका लागि खाना पकाउनेदेखि घरका हरेक काम एक्लैले गर्नुपर्ने समस्याबीच पनि उहाँले कहिल्यै हार खानु भएन । वली भन्नुहुन्छ, “दुई वर्षअघि नगरप्रमुख घनश्याम पाण्डे आउनुभएको थियो रु हामीले के गर्नुपर्छ भन्नुहोस्, भन्नुभयो । मैले यो बाटो फराकिलो बनाइदिनुहोस्, बाटोमा ह्युमपाइप दिनुहोस् भनेको थिएँ ।”

उहाँको मागअनुसार नै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सडक फराकिलो बनाउनका लागि वडा कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँको अर्को पनि सपना छ, पर्यटकीय स्थल चमेरे गुफासम्म पुग्न खन्न थालिएको पैदल मार्ग पूरा गर्ने । वलीले एक वर्षदेखि घर नजिकैबाट चमेरे गुफासम्म पुग्ने पैदल बाटो निरन्तर खन्दै हुनुहुन्छ । स्वास्थ्यले साथ दिएसम्म बाटो आफै खनेर सक्ने उहाँले बताउनुभयो । वृद्धावस्थाका चन्द्रवीरको परिवार १३ जनाको छ । तर आम्दानीको स्रोत भने वृद्धभत्ता र अपाङ्गता भत्ताबाहेक केही छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.