राजनीति

नेकपाको दोस्रो पूर्ण बैठकमा 'मनमोहन' गायब- नेता कार्यकर्ताबीच कानेखुसी

नेपालको कम्युनिष्ट आन्दोलनमा स्व. मनमोहन अधिकारीको नाम सदा स्मरणीय छ । सादा जीवनशैली र देश र जनताको पक्षमा दृढ रहनुभएका नेता अधिकारीको ९ महिने सरकार इतिहासकै सबैभन्दा जनमुखी सरकारका रुपमा स्थापित छ ।

मनमोहन सरकारले गरेका कामको ब्याज खाएर तत्कालीन नेकपा एमाले र हालको सत्तारुढ नेकपा यहाँसम्म आइपुगेको छ । तर नेकपाले लोकप्रिय नेता अधिकारीलाई बिर्सदै गएको छ । नेता अधिकारीको वार्षिकीमा नेताहरुले स्मरण गर्ने गर्ने गरे पनि पार्टीका समारोहहरुमा यहाँको तस्वीर समेत राख्ने गरिएको छैन ।

काठमाडौंमा आज (बुधबार)देखि सुरु भएको नेकपाको दोस्रो पूर्णकालीन बैठकमा टाँगिएको ब्यानरमा स्व. मनमोहन अधिकारीको तस्वीर नराखेकोमा धेरैको चित्त दुखेको छ । ब्यानरको शीर्षभागमा पुष्पलाल र मदन भण्डारी तथा त्यसभन्दा तल प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर राखिएको छ ।

२०५१ सालमा गठन भएको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले देशमा विकासको लहर ल्याएको थियो भने कम्युनिष्टले बुढापाकालाई मार्छ भन्ने हल्ला चलिरहेका बेला वृद्धभत्ताको व्यवस्था भएको थियो । त्यसपछिका हरेक सरकारले गाउँगाउँमा बजट विनियोजन गर्न बाध्य भयो भने वृद्धभत्तालाई निरन्तरता मात्र हौ बढाउँदै बढाउँदै लगेको छ ।

भारतसंग राष्ट्रिय हितका पक्षमा खुलेर कुरागर्ने पहिलो प्रधानमन्त्रीका रुपमा स्थापित स्व. मनमोहन अधिकारीको सम्मानमा सत्तारुढ नेकपाले ब्यानरमा उहाँको तस्वीर समेत नराख्नुले समाजवादी धारका प्रखर नेतालाई बिर्सेको त हैन भन्ने राष्ट्रिय सभागृहभित्रै चर्चा चलेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.