जापान

जापानबाट नेपाल आइडल-३ मा जेआरएफ वालेटबाट भोट गर्न सकिने

संसारभर छरिएर रहेका नेपालीहरुमाझ लोकप्रिय रहेको नेपाल आइडल सिजन ३ का प्रतियोगीहरुलाई जापानबाट जापान रेमिट फाइनान्स (जेआरएफ) वालेटबाट भोट हाल्न सकिने सुविधा उपलब्ध भएको छ ।

भोट गर्नको लागि जापान रेमिट फाइनान्स (जेआरएफ)को मोबाइल एप्लिकेसन जेआरएफ वालेट डाउनलोड गरी आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।

नेपाल आइडल सिजन ३ मा जेआरएफ वालेट मार्फत भोट गर्दा कम्तिमा २० गर्नु पर्ने हुन्छ जसको लागि २०० येन लाग्ने छ । वालेट कार्ड मार्फत नेपालमा आफ्नै मोबाइलबाट २४ सै घण्टा पैसा पठाउन सकिने सेवा समेत छ ।

मोबाइलबाट पैसा पठाउनका लागि जेआरएफ अफिसहरुमा सम्पर्क गरी आफ्नो वालेट कार्डमा पैसा डिपोजिट कार्ड बनाउनु पर्ने हुन्छ । नेपाल पैसा पठाउन फेमली मार्ट र जेपी ब्यांक एटिएम प्रयोग गरी हाल हरियो कार्ड ,कालो कार्डको प्रयोग गरिएको छ ।

जेआरएफ नेपालका प्रमुख ॠषि आचार्यले नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन ३ मा जापान रेमिट फाइनान्स जेआरएफले आफ्नो ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्य अनुरुप भोट गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.