ओली समूहको सुझाव निर्वाचन प्रक्रिया नरोक्नु- प्रचण्ड समूहको सुझाव प्रक्रिया नगर्नु

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारितामा उतपन्न विवाद र आसन्न निर्वाचनका विषयमा दुबै समूहसंग निर्वाचन आयोगले छलफल गरेको छ । शुक्रबार आयोगका पदाधिकारीसँग छलफलमा ओली समूहका नेताहरुले निर्वाचन प्रक्रिया कुनै बहानामा नरोक्न सुझाव दिएका थिए ।
त्यस्तै प्रचण्ड खेमाका नेताहरु केही पहिले बाहिरिनुभएको थियो भने ओली खेमाका नेताहरु पनि बाहिरिनुभएको छ । त्यस्तै नेकपाभित्रको अहिलेको विवाद निरुपण नगरी नयाँ दल दर्ताको प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका थिए ।
आयोग पदाधिकारीसंगको बैठकपछि नेता सुवासचन्द्र नेम्वाङले कुनै पनि कारणले निर्वाचनको तयारी नरोक्न निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनुभएको छ । उहाँले भन्नुभयो “दल दर्ता र निर्वाचन तयारीको विषयमा छलफल भयो, त्यसकै लागि हामीलाई यहाँ बोलाइएको थियो” नेता नेम्वाङले भन्नुभयो, “नेकपा आधिकारीकताका विषयमा निर्वाचन आयोगले टुङ्गो लगाइसकेको छ, हामी नै आधिकारिक नेकपा हौं ।”
प्रचण्ड–माधव पक्षका केही नेताहरुले आफू आधिकारिक पार्टी भएको बताए पनि त्यस्तो नरहेको, अध्यक्ष र महासचिवको हस्ताक्षर चल्ने पुरानै नेकपालाई आयोगले मान्यता दिएकाले अब चुनावी प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।
आफूहरुले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट तोकिएको समयमा नै निर्वाच सम्पन्न हुनुपर्छ भन्ने स्पष्ट सन्देश रहेको आयायोगलाई जानकारी गराएको बताउनुभयो । आयोगमा केपी शर्मा ओली खेमाका तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, मन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा रामेश्वर फुयाल आयोगमा जानुभएको थियो ।
त्यस्तै प्रचण्ड खेमाका तर्फबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधान जानुभएको थियो । प्रचण्ड खेमाका प्रतिनिधिहरुले अहिले प्रचण्ड तथा माधवकुमार नेपाल उपत्यकाबाहिर रहेकाले १८ गते अघि कुनै बैठक बस्न नसक्ने र त्यसपछि उहाँहरु स्वयं आयोगमा उपस्थित हुने कुरा आयोगलाई जानकारी गराउनुभएको थियो ।
बैठकपछि राजेन्द्र पाण्डेले नेकपा भित्रको अहिलेको विवाद निरुपण नगरी नयाँ दलदर्ताको प्रक्रिया अगाडि नबढाउन आफूहरुले सुझाव दिएको पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्