जन सरोकार

केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै १ जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राउतले विभिन्न राजनीतिक नेतृत्वसंगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वहरुसँग नजिकको सम्बन्ध रहेको भनि सर्व साधारणलाई विभिन्न वहाना वनाई ठगी गर्ने गरेको समेत खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.