जन सरोकार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको अभियोगमा इलाम, माङसेबुङ गाउँपालिका-२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ उनीहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.