विश्व समाचार

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ ।

यस पहिले नै १४ हजार पदहरू कटौती गर्ने योजना सार्वजनिक गरेको विशाल ई–कमर्स कम्पनी अमेजनले थप १६ हजार पदलाई समायोजन गर्ने बताएको हो ।

वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले एक विज्ञप्ति जारी गरी पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी गराउनुभएको हो । उहाँले भन्नुभएको छ, “रोजगारी कटौतीको उद्देश्य ‘तहहरू घटाउने, स्वामित्व बढाउने, र कर्मचारीतन्त्र हटाउने’ हो।”

अक्टोबरका मिडिया रिपोर्टहरूले गरेको प्रक्षेपण अनुसार करिब ३० हजार रोजगार कटौती अमेजनको तीन लाख ५० हजार प्रत्यक्षरूपमा यसका कार्यालयमा काम गर्ने रोजगारीहरूको १० प्रतिशतभन्दा बढी हो । योजनाले वितरण र गोदाम कामदारहरूलाई प्रभावित नगरी कार्यालयमा काम गर्ने जनशक्तिलाई कम गर्नेछ । यो क्षेत्रमा रहेको करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव पार्ने छैन ।

कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनका जनशक्ति कटौति कृत्रिम बुद्धिमत्ता (एएआई)मा बढ्दो लगानीको बीच आएका हुन् ।

अमेजनले बुधबार भर्खरको रोजगार कटौतीको कुनै पुष्टि गरेन । कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजनाबारे पत्रकार सम्मेलन गरी फेब्रुअरी ६ मा जानकारी गराउनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.