जापान

एनआरएनए जापानले गठन गर्यो विज्ञहरुको उच्च स्तरीय समिति

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले उच्च स्तरीय समितिको गठन गरेको छ । गत नोभेम्बर २४ तारिकमा परिषदको दोश्रो नियमित बैठकले पारित गरेको निर्णय अनुसार उक्त उच्च स्तरीय समितिको गठन गरिएको हो ।

जापान स्थित विभिन्न क्षेत्रका बिज्ञहरु संग छलफल गरी विभिन्न विषयका विषय बिज्ञ रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको सल्लाहकार परिषदभन्दा माथी रहने प्रबधान रहेको छ ।

समितिको प्रमुख काम र कर्तब्यहरुमा नेपाल सरकारका राष्ट्रिय नीति तथा कार्यक्रममा सल्लाह र सुझाव दिनको निम्ति अन्तराष्ट्रिय समन्वय परिषदले गठन गरेको बिज्ञ समितिलार्इ सहयोग गर्ने, एनसीसी जापानलाई बिभिन्न नीति निर्माण, सीप, ज्ञान सम्बन्धी आवश्यक सुझाव र सहयोग गर्ने रहेको छ ।

जापानस्थित बिभिन्न प्रान्तमा कार्यरत बिज्ञहरुलाई एक ठाउँमा जोडेर स्थापना गरिएको यो समितिले केही सदस्य थप गरी केही दिनमै आगामी कार्य योजना बनाउने छ । समितिको पहिलो बैठकमा बिज्ञहरुले महिला बिज्ञ र टोकियो बाहिरबाट पनि बिज्ञहरु र बिभिन्न फरक फरक बिधाका बिज्ञ सहभागिता गराउनु पर्ने कुरामा ध्यानाकर्षण गराउनु भएको थियो ।

उक्त उच्च स्तरीय समिति र कार्यसमितिको समन्वय र आवश्यक सहयोगका लागि समितिको समन्वयकर्ताको जिम्मेवारी एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीलाई दिएको छ । बैठक परिषदका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको थियो भने बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालिका थापा र सदस्य श्याम खड्काको उपस्थिति थियो ।

कार्यक्रम व्यवस्थापनको सम्पूर्ण आर्थिकपक्ष परिषदलाई भार नपर्ने गरी सदस्य श्याम खड्काले ब्यहोर्नु भएको थियो ।

नवगठित उच्चस्तरीय समितिका विज्ञहरु-




प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.